Logo

सागको उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने



Spread the love

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)लाई मध्यनजर गर्दै मंसिर १५ र २४ गते जोरबिजोर प्रणाली लागु गर्ने भएको छ।

बिहीबार आयोजित तयारी समितिको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चल्न अनुरोध गरिने बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्