Logo

अभ्यास खेलमा नेपाल ‘ए’द्वारा माल्दिभ्स पराजित



Spread the love

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी स्वरुप अभ्यास खेलमा नेपाल ए ले माल्दिभ्सलाई सहज जित निकालेको छ ।

सागमा नपरेका खेलाडी समेटेर बनेको नेपाल ए ले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको हो । १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनायो । माल्दिभ्सका युफुफ फरातले ४६ बलको सामना गर्दै ४२ रन बनाए । नेपालको लागि नन्दन यादव र आकश चन्दले २ विकेट लिए । शेर मल्ल र मञ्जित श्रेष्ठले समान १-१ विकेट हात पारे।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । मुलपानीमै केहि बेलमा माल्दिभ्सको सिनियर महिला टोलीले नेपाली ए महिला टोलीसँग अभ्यास खेल खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्