१२ मंसिर, काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब नेपोलीले बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुल घरेलु मैदानमा नेपोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
एनफिल्डमा घरेलु टोली लिभरपुलले एक गोलले पछि परेको स्थितिमा खेलमा फर्कंदै बराबरीको नतिजा निकालेको हो । लिभरपुलका डेजान लभरेन तथा नेपोलीका ड्रिस मर्टेन्सले गोल गरे ।
बराबरीसँगै समूह ‘ई’ मा लिभरपुल ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा स्थानमा यथावत रहेको छ । नेपोली ९ अंकसहित दोस्रो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा साल्जवर्गले जेन्कमाथि ४–१ को सानदार जित निकालेको छ । साल्जवर्गको जितमा पास्टोन डाका, ताकुमी मिनामिनो, हि चान ह्वाङ र अर्लिङ ब्राउट हल्यान्डले गोल गरे । जेन्कका लागि एमबीवाना समताले एक गोल फर्काए ।
प्रतिक्रिया दिनुहोस्