Logo

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपसभामुख तुम्बाहाम्फे अस्पतालमा



Spread the love

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन लागि उपसभामुख शिवमाया तुम्बाहाम्फे अस्पताल गएकी छन् ।

उपसभामुख तुम्बाहाम्फे प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य लाभको कामनाका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टर गएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीले बुधबार बिहानबाट सामान्य कुराकानी गर्न थालेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्