१० मंसिर, काठमाडौं । एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्याबिनमा सारिएको छ । त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान सफल शल्यक्रिया भएको हो।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीका अनुसार शल्यक्रियापछि प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै बस्नुपर्ने हुन्छ। मिर्गौलापीडित प्रधानमन्त्री ओलीको अचानक एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेपछि केही दिन अस्पतालमै आराम गर्नुपर्ने देखिएको चिकित्सकको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्