१० मंसिर, काठमाडौं । नेपाल सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि विजेता महिला भलिबल टोलीलाई सम्मानित गरेको छ। नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई आज आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले जनही ३ लाख रूपायाँले मंगलबार सम्मानित गरेको हो ।
पुरस्कार वितरण गर्न यसअघि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भनिए पनि स्वास्थ्यमा समस्या भएपछि उनको सट्टामा अर्थमन्त्री खतिवडा उपस्थित भएका थिए।
कार्यक्रममा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम थियो। प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले खेलाडीलाई सम्बोधन गरेका छन्।
प्रतिक्रिया दिनुहोस्