१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न भएको छ । पेट दुखेपछि मंगलबार बिहान त्रिवि अस्पताल लगिएकोमा उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो ।
त्यसपछि डाक्टरहरुले लगत्तै शल्यक्रिया गरेका थिए । केही बेरमा उनलाई अप्रेशन थिएटरबाट बाहिर निकाल्ने तयारी छ । प्रधानमन्त्री ओलीको शल्यक्रियामा डा.दीव्या सिंह शाह र रमेश सिंहसहितको टोली सहभागिता रहेको थियो ।
ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।
प्रतिक्रिया दिनुहोस्