Logo

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेण्डिसाइटिस, शल्यक्रिया गर्ने तयारी



Spread the love

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेण्डिसाइटिसको अपरेशन गर्ने तयारी गरिएको छ ।

पेट दुखेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्रीलाई एपेण्डिसाइटिस भएकाले अपरेशन गर्ने तयारी गरिएको डाक्टर अरुण सायमीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्