९ मंसिर, काठमाडौं । त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन्। सोमबार बिहान कलेज परिसरमा विद्यार्थीले उनि माथि कुटपिट गरेका हुन्।
विज्ञान संकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले कुटेका हुन्। न्यौपानेलाई प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको काठमाडौं प्रहरी प्रमुख एवंम् एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
प्रहरीले दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।
प्रतिक्रिया दिनुहोस्