Logo

भारतले साग पुरुष फुटबलमा सहभागिता नजनाउने



Spread the love

९ मंसिर, काठमाडौं । भारतले १३औं साग अन्तर्गत पुरुष फुटबलमा सहभागिता नजनाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत शुक्रबार ६ टोलीलाई समावेश गर्दै खेल तालिका र टाइसिट निकालेको थियो ।

भारतले सहभागिता नजाउने भएसँगै अब पुरुष फुटबलमा ५ राष्ट्रको मात्रै सहभागिता रहने भएपछि खेलहरु राउन्ड रोविन लिगका आधारमा हुनेछ । अब एन्फाले पुन: खेल तालिका निकाल्ने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंसिर ६ गते ‘ड्र’ सार्वजनिक गरेको थियो। ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’ मा नेपालसँगै बंगलादेश र भुटान रहेका थिए। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका थिए।

प्रतिक्रिया दिनुहोस्