Logo

साग फुटबलमा विमल,अञ्जन र दिनेशको स्थानमा वैकल्पिक खेलाडी टोलीमा



Spread the love

९ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघले विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलअघि टोलीबाट बर्खास्त गरेका तीन खेलाडीले दक्षिण एसियाली खेलकुद (साग) पनि गुमाउने भएको छ । एन्फाले अनुशासन उल्लङ्घन गरेका कारण फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दीनेश राजवंशीलाई टोलीबाट निष्कासन नै गरेको थियो ।

सन्तोषबाहेक तीन खेलाडी सागको टोलीमा समावेश रहेकाले उनीहरुको सागमा सहभागिताबारे एन्फाले निर्णय गरेको थिएन । तर अब यी तीनै खेलाडीले सागमा सहभागिता जनाउन नपाउने भएको हो ।

एन्फाले यी तीन खेलाडीको स्थानमा वैकल्पिकबाट अन्य तीन खेलाडीलाई समावेश गरिएको छ । नेपाल यू-२३ टोलीमा सहभागी भइसकेका फरवार्ड प्रेजेन तामाङ, राजीव लोप्चन र राजेश परियारलाई टोलीमा समेटिएको छ ।

एन्फाले घटनाबारे अनुसन्धान जारी राख्दै उनीहरु तत्कालका लागि सागमा सहभागी नगराउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्