भोली मिति २०७६ सालर मंसिर ६ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईँहरूको दिन शुभ रहोस्।
मेष राशी(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
->व्यापार व्यवसायबाट लाभ मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् ।
वृष राशी(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
-> यात्रा सफल हुने छ। कार्य सम्पादनमा सहजता मिल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
मिथुन राशी(का, कि, कु, घ, ङ, छ, के, को, हा)
माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शुभ समाचार सुन्न पाईएला ।
कर्कट राशी(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
-> श्रमको उचित मूल्याङ्कन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ ।
सिंह राशी(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
-> अतिथिको सेवा गर्नुपर्ने छ । अनुहारमा प्रसन्नता छाउनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अतिथिको सेवा गर्नुपर्ने छ।
कन्या राशी(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
-> आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ।
तुला राशी(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
-> विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सामान हराउन सक्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । नयाँ काममा रुचि जाग्न सक्छ ।
वृश्चिक राशी( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
-> इनाम र प्रतिष्ठा बढ्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । अधुरो काम बन्नेछ ।
धनु राशी(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
-> नयाँ कार्यको थालनी होला। रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलाेसँग बित्ने छ।
मकर राशी(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
-> आजको दिन सोछे जस्तो नहुन सक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । धन खर्च हुनेछ ।
कुम्भ राशी(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
-> मिष्ठान्न भोजन प्राप्ति होला । कार्यमा सफलता पाइनेछ। दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
मीन राशी(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
->शुभकार्यको चर्चा चल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ ।