२ मंसिर, काठमाडौँ । बंगलादेशमा प्याजको मूल्य आकासिएसंगै प्रदर्शन सुरु भएको छ। केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर अहिले २ सय ६० टका पुगेको हो ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदका डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदले हवाईजहाजबाट प्याजको आयात गरिरहेको बताएका छन्। प्रधानमन्त्री हसिनाले आफ्नो खानामा प्याजको प्रयोग नै बन्द गरेकी छन्।
प्याजको मूल्यलाई लिएर राजधानी ढाकामा उपभोक्ताहरुले विरोध प्रदर्शन सुरु गरेका छन्। बंगलादेशको प्रमुख विपक्षी पार्टीले पनि प्याजको मूल्यविरुद्ध आज देशव्यापी प्रदर्शनको घोषणा गरेको छ। सरकारलको गलत नितीका कारण देशमा तरकारीको भाउ आकासिएको विपक्षी पार्टीको आरोप रहेको छ।
बंगलादेशले अहिले म्यानमार, टर्की र इजिप्टबाट प्याजको आयात गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्