२ मंसिर, काठमाडौं । सिंहदरबारभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रीए जलविद्युत् आयोजना उदघाटन गरेका छन् । प्रधानमन्त्री ओलीले रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट एकसाथ उदघाटन गरेका थिए ।
आयोजनाको पहिलो ३० मेगावाट गत जेठ ३ गतेबाट नै परीक्षण उत्पाद सुरु भएको थियो भने ३० मेगावाटबाट साउन १७ गतेबाट परीक्षण उत्पादन सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्