नेपाली चलचित्रका गीत अहिले युटुबमा १ करोड भन्दा बढी पटक हेरिनु सामान्य भैसकेको छ । नेपाली चलचित्रका गीतले चाडपर्वदेखि आम जनताका मोबाइलमा कब्जा जमाएका छन् ।
पछिल्ला केही महिनायता सबैभन्दा बढी घन्किएको गीत हो, ‘कुटुमा कुटु’ । भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड राखेको छ । चलचित्र रिलिज अगाडि नै यो चलचित्रको गीत युटुबमा २ करोड पटक हेरिएको छ ।
एक महिना अगाडि मात्र चलचित्रको निर्माणपक्षले १ करोड हेरिएको भन्दै सेलिव्रेशन आयोजना गरेको थियो । त्यसको केही समयमै यो चलचित्रले २ करोड दर्शक बटुलेको छ ।पहिलो पटक चलचित्र ‘छक्का पञ्जा’को ‘सुर्के थैली खै’ बोलको गीत युट्युबमा करोड बढी दर्शकले हेरेका थिए भने राजनराजकै संगीत रहेको पूर्व पश्चिम रेल पनि करोड क्लबमा प्रवेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्