२३ कार्तिक, नवलपरासी – नवलपरासी पूर्वनवलपुरको गैँडाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मध्यविन्दु नगरपालिका–६, बस्ने २४ वर्षीय मतिराम महतो थारूको मृत्यु भएको हो ।
आज गैँडाकोट नगरपालिका–१०, नमूना चोकस्थित भित्री सडकखण्डमा पराल बोकेको ट्रकमाथि बसेका मतिरामलाई करेन्ट लागेको हो । ना२ख ९०७८ नंको पराल बोकेको ट्रकमाथि बसेका मतिरामलाई बिजुलीको तारले छुन गई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका मतिरामलाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्