२० कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको साविक विजेता लिभरपुले मंगलबार राति भएको खेलमा बेल्जियन क्लब केआरसी जेन्कलाई २-१ गोलले पराजित गरेको छ।
१४ औ मिनेटमा विजनाल्डमको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । पाहुना टोलीका समाटाले ४० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ५३ औ मिनेटमा चेम्बरलिनले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।
यससँगै लिभरपुल घरेलु मैदानमा खेलिएको युरोपियन प्रतियोगिताको २४ खेलसम्म अपराजित रहन सफल भएको छ। लिभरपुलले २४ मध्ये १८ खेलमा जित र ६ खेल बराबरी खेलेको छ।
मंगलबार राति नै भएको खेलमा आरबी साल्जबर्गसँग १–१ को बराबरीमा रोकिएको नापोली ८ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्