Logo

भोली कार्तिक १९ गते मंगलबार, भोलीको राशीफल



Spread the love

भोली मिति २०७६ साल कार्तिक १९ गते मंगलबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी आउने छ। मनमा सहयोग भाव आउला।।

वृष राशी – समय मध्यम छ। अरूको सेवामा मन जाने छ। रोकिएका काम पूरा हुने छन्। पढाईमा औसत सफलता हासिल हुनेछ।

मिथुन राशी – प्रेममा वियोग हुने योग छ। दिन सोचेजस्तो राम्रो हुने छैन। आफ्नै प्रेमी वा प्रेमिकाका कारण मानप्रतिष्ठामा आँच आउने छ, विवाद बढ्ने छ।

कर्कट राशी – धन आर्जन हुनसक्छ। तर परिश्रम पनि त्यतिकै गर्नुपर्ने छ। काम सफल भएपनि दिनभर व्यस्तता रहने छ।

सिंह राशी – लगानी तथा व्यापार–व्यवसाय थाल्ने योग छ। यात्रा सफल हुने छ। मन प्रसन्न रहला। शुभकार्यको थालनी होला।

कन्या राशी – परिवारमा मेलमिलाप हुने छ। कार्यसिद्धिको योग छ। दिन राम्रो छ। स्वास्थ्यमा सुधार आउने छ।

तुला राशी – साथीले घात गर्ने छन्। दिन अनावश्यक झमेलामा बित्ने छ। दिन खराब छ। प्रेमीबाटै धोका पाइने छ।

वृश्चिक राशी – पैसा खर्च हुने छ। तनाव बढ्ने छ। साँझपख मात्रै केही राम्रो हुनेछ। माया प्रेमको विषयबाट टाढा रहनुहोला। दिन राम्रो छैन।

धनु राशी – झै–झगडाको योग छ। मन पराएको वा विश्वास गरेकै मानिसबाट धोका पाउने योग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ।

मकर राशी – दिनभरि अनावश्यक चिन्ताले सताउने छ। परिवारमा अविश्वास बढ्ने छ। धर्मको गरेपनि अपजस मिल्ने छ।

कुम्भ राशी – मध्यान्हपछि केही राम्रो छ। तर दिन सधैँजस्तो छैन। पूरानो गल्तीले मनमा खिन्नता छाउने छ।

मीन राशी – अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ। दिन अत्यन्तै राम्रो छ। सम्पति आर्जन हुनेछ।

प्रतिक्रिया दिनुहोस्