१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धुलिखेल अस्पतालमा उपचाररत सुकुटे बस दुर्घटनाका घाइतेलाई भेटेका छन् । अस्पतालका चिकित्सकसँग उनले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुका साथै सक्दो सहयोग गर्ने बताए ।
सो अस्पतालमा सुकुटे दुर्घटनाका करीब ४० जना घाइते उपचाररत छन् । सभापति देउवासँगै पूर्वमन्त्री एवं कांग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेताहरु अस्पताल पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्