१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएसंगै उनलाई ग्राण्डी अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई आज बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको हो ।
नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिएका छन् । सल्लाहकार अर्यालले स्वास्थ्य परीक्षणपश्चात आजै प्रधानमन्त्री बालुवाटार फर्कने बताएका छन् ।
१३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको बेलाबखत नियमति स्वास्थ्य जाँच हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्