Logo

प्रधानमन्त्री केपी ओली अजरबैजान प्रस्थान



Spread the love

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन्। प्रधानमन्त्री असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ लागेका हुन्।

उनी बिहीबार बिहान ११.४५ बजे कतार एयरवेजको जहाजबाट अजरबैजान प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि गएकी छन्।

भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग प्रधानमन्त्रीको अजरबैजानको राजधानी बाकुमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्नेछन्।

भ्रमण सकेर प्रधामन्त्री कार्त्तिक २० गते स्वदेश फर्कनेछन्।

प्रतिक्रिया दिनुहोस्