Logo

एएफसी फुटसल च्याम्पियनसिप: आज बलियो ताजिकिस्तान र नेपाल आमने सामने हुँदै



Spread the love

६ कात्तिक, काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटसल टोलीले आज ताजिकिस्तानको सामना गर्दैछ । इरानको उर्मियामा खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल बलियो टोली ताजिकिस्तानसँग खेल्ने लागेको हो । नेपाली टोलीका प्रशिक्षक विष्णु गुरुङले टोलीको तयारी राम्रो रहेकाले बलियो ताजिकिस्तानविरुद्ध मैदान उत्रिन तयार रहेको बताएका छन् । यता, ताजिकिस्तानका प्रशिक्षक डेजान डेडोभिकले एक महिना देखीको प्रशिक्षणले टिम राम्रो बनेको बताए ।
फुटसल टोली
आदिल हामिद, आषिश लामा, अभय राना, अनिश श्रेष्ठ, अरुज सिंह, विजय गुरुङ, विजय श्रेष्ठ, बिनोद गुरुङ, मणि लामा, निर्मल गुरुङ, सन्जोक चाम्लिङ राई, सरोज तामाङ, सुमित आले, सुरज गुरुङ

प्रतिक्रिया दिनुहोस्