२ कात्तिक, काठमाडौं । वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सका खेलाडी कारबाहीमा परेका छन् । ललितपुर फाल्कोन्स र पोखरा पल्टनविरुद्ध स्लो रेटमा बलिङ गरेको भन्दै म्याच अम्पायरहरुले विराटनगरका ११ खेलाडीलाई कारबाही सुनाएका हुन् ।
रेफ्री सिमर खानले जारी गरेको विज्ञप्ती अनुसार कप्तान सरिता मगरलाई १० प्रतिशत र अन्य १० खेलाडीलाई ५ प्रतिशत पारिश्रमीक रकम कटौती गरिने छ ।
प्रतिक्रिया दिनुहोस्