१ कात्तिक, काठमाडौं । काठमाडौँमा जारी वुमन्स लिग क्रिकेटमा आज पनि २ वटा खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे विराटनगर टाइटन्स र पोखरा पल्टन आमने सामने हुनेछ।
जारी प्रतियोगितामा विराटनगर टाइटन्सले एक खेल जितेको छ भने पोखरा पहिलो खेलमा पराजित भएको थियो । विराटनगर अपराजित यात्रा कायमै राख्ने रणनीतिमा रहँदा पोखरा पहिलो जितको खोजिमा रहनेछ ।
यस्तै, अर्को खेल अन्तर्गत दिउँसो साढे १ बजे चितवन राइनोज र ललितपुर फाल्कोन्सबिच प्रतिस्पर्धा हुनेछ । चितवन राइनोजले पहिलो खेल जित्दा ललितपुरले भने पराजय व्यहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस्