३० असोज, काठमाडौं । साउदी अरेबियामा एउटा यात्रुबाहक बस लोडरसँग ठोक्किदा बसमा रहेका ३५ जना तीर्थयात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल-अखल क्षेत्रमा बुधबार साँझ ट्रकसँग ठोक्किएको थियो ।
३९ जना सवार बसमा ३५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा चार जना भने गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ । मृत्यु हुनेहरुमा अधिकांश एसियाली र अरब मूलका नागरिक छन् ।
प्रतिक्रिया दिनुहोस्