कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित ‘राज्यमन्त्रीकै गाडीमा फर्जी नम्बर’ भन्ने शीर्षकमा प्रकाशित समाचार कपोलकल्पित, तथ्यहीन र भ्रामक भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठको मानमर्दन हुने गरी कान्तिपुर जस्तो राष्ट्रिय दैनिकमा कपोलकल्पित, तथ्यहीन र भ्रामक समाचार प्रकाशन हुनु अत्यन्त दुःखत विषय भन्दै गृह मन्त्रालयले प्रेस विज्ञप्ति निकालेको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्धारा बुधवार जारी विज्ञप्तीमा गृहराज्यमन्त्री श्रेष्ठले गृह मन्त्रालयकै नाममा रहेको बा १ झ १०७७ र बा.१ झ ६४०७ नम्बरको सवारी साधन प्रयोग गरेको उल्लेख गरेका छन् ।
अब देखी यस्ता कपोकल्पित, तथ्यहीन र भ्रामक समाचार प्रकाशन नगर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।
गृह राज्मन्त्रीले प्रयोग गरेका गाडी
कान्तिपुरले यस अघि पनि मृत्यु नै नभएका व्यक्तिलाई मृत्यु भएको भनेर समाचार प्रकाशन गर्दा विवादमा आएको थियो ।