२८ असोज, काठमाडौं । युरोकप छनोट अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगल घरेलु टोली युक्रेनसँग २–१ ले पराजित भएको छ । पोर्चुगललाई पराजित गरेको युक्रेन भने समूह ‘बी’ बाट युरोकपमा छनोट भएको हो ।
युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे । रोनाल्डोले पोर्चुगलका लागि एक गोल फर्काए । खेलको छैटौं मिनेटमा नै क्रिभसभको पासमा रोमन यारेमचुकले गोल गर्दै युक्रेन खेलमा अग्रता दिलाए । २७औं मिनेटमा एन्ड्री यामोलेन्कोले भिटाली माइकोलेन्कोको पासमा गोल गरेपछि घरेलु टोली युक्रेन पहिलो हाफमा २–० ले अघि बढेको थियो ।
पोर्चुगलले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै घरेलु टोलीलाई दवावमा राख्दै एक गोल गर्न सफल भयो। ७२औै मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउने संकेत दिएपनि थप गोल हुन नसक्दा पोर्चुगल २–१ ले पराजित हुन पुग्यो ।
यो रोनाल्डाको खेल करियरको ७००औं गोल हो । उनले राष्ट्रिय टोलीबाट १६२ खेल खेल्दै ९५औं गोल पुरा गरे । पोर्चुगललाई छनोट हुन अब अर्काे खेल नै कुर्नुपर्ने हुन्छ ।