Logo

हवाई कारबाहीमा नौ लडाकू मारिए



Spread the love

२७ असोज, अफगानिस्तान – अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन् ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा भएको यस हवाई कारबाहीमा परी पाँच आइएस र चार तालिबान लडाकू मारिएका सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै, खामा प्रेसले जानकारी दिएको छ ।

अफगानिस्तानका सरकारी सेनाले लगभग दुई दशकदेखि तालिबानविरुद्ध लडिरहेका छन् । शान्ति प्रयासहहरु सफल हुन सकेका छैनन् । हाल अफगानिस्तानमा अस्थिरताको परिणाम बृद्धि भएको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्