Logo

चिनियाँ राष्ट्रपति सीको सवारी हुँदा सडक किनारमा हिँडडुल तथा उभिएर समेत हेर्न नपाइने



Spread the love

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारी हुँदा सडक किनारा पनि खाली गराइने भएको छ । राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आइपुग्दैछन् ।

उनलाई विमानस्थलमा नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । विमानस्थलबाट सोल्टी होटल जानेछन् ।

काठमाडौं प्रहरीका अनुसार चिनियाँ राष्ट्रपतिको सवारीका क्रममा पूर्ण रुपमा सडक खाली गराइनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्