२५ असोज, मुम्बई – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही अक्टोबर १३ देखि १८ तारिखसम्म महाराष्ट्र क्षेत्रमा चुनावी प्रचार प्रसारमा लाग्ने भएका छन् ।
आफ्नो पार्टी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवारहरुलाई विजयी गराउन उनले चुनावी अभियानमा सहभागिता जनाउन लागेका हुन् ।
मुम्बईमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय मन्त्री तथा भाजपा नेतृ स्मृती इरानीले प्रधानमन्त्री मोदीको महाराष्ट्र भ्रमणका बारेमा जानकारी दिएकी हुन् ।
पार्टीका नेता कार्यकर्ताहरुलाई मार्गनिर्देश गर्न र उम्मेदवारहरूको पक्षमा आह्वान गर्न मोदी झण्डै एक हप्ता महाराष्ट्रमा रहने उनले बताइन् ।
प्रधानमन्त्री मोदीले अक्टोबर १३ तारिखका दिन जाल्गौन र साकोलीमा आयोजना गरिने चुनावी ¥यालीमा सहभागिता जनाउनुहुने छ ।
त्यसैगरी उनले अक्टोबर १६ तारिखका दिन अकोला, पन्भेल र पार्टुरमा आयोजना गरिने तीन कार्यक्रमलाई सम्वोधन गर्ने तालिका रहेको इरानीले बताइन् ।
उनका अनुसार अक्टोबर १७ तारिखमा भने मोदीले पुने, सतरा र वोर्लिमा हुने सार्वजनिक ¥यालीमा सहभागिता जनाउनेछन् ।
त्यसैगरी अभियानको अन्तिम दिन अक्टोबर १८ तारिखमा प्रधानन्त्री मोदीले मुम्बईमा राहत तथा सहयोगका विभिन्न कार्यक्रमहरु पनि घोषणा गर्नेछन् ।
भारतको महाराष्ट्र राज्यमा यही अक्टोबर २४ तारिखका दिन निर्वाचन तय भएको छ ।