Logo

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु



Spread the love

२४ असोज, काठमाडौँ । सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । काठमाडौँ आउने क्रममा इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित तिखु मोडमा बस दुर्घटनामा परेको हो।

बसमा अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु थिए। हेलम्बु यातायातको बा २ ख १७२५ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको अनुसार दुर्घटनामा कम्तीमा पाँच जनाको निधन भएको जनाएको छ । विस्तृत विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्