२३ असोज, काठमाडौं । शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि उनी सवार हुने रुटका सडकका खाल्डाखुल्डी टालेर चिल्लो बनाइएको छ भने ठाउँठाउँमा स्वागत गेट बनाइएको छ ।
बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । प्रहरीले त्यसमा संलग्न रहेको आरोपमा गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई सार्वजनिक अपराधको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्