२३ असोज, काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी र अर्जेन्टिनाको खेल बराबरीमा सकिएको छ । पहिलो हाफमा २-० ले पछाडि परेको अर्जेन्टिना दोस्रो हाफमा पुनरागमन गर्न सफल भएको हो ।
गनाब्रीले १५औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटमा नै गनाब्रीकै लो क्रसमा काई हाभर्ट्जले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।
६६ औं मिनेटमा मार्कस अकुनाको क्रसमा लुकास अलारियोले हेडरमार्फत गोल गरेका थिए । खेल सकिन ५ मिनेट बाँकी रहँदा लुकास ओकाम्पोसले अलारियोको उत्कृष्ट मुभलाई गोलमा परिणत गर्दै खेललाई बराबरीमा फर्काए ।
अब युरो छनोटअन्तर्गत जर्मनीले आइतबार इस्टोनियसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्