२३ असोज, काठमाडौँ । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत् नेपालले आज आफ्नो तेस्रो खेलमा अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । क्यानबेरामा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बाट सुरु हुनेछ ।
विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७-० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । कठिन टोली अष्ट्रेलियाविरुद्ध उसैको मैदानमा हुने खेल नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ ।
खेलअगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा टोली उच्च मनोवलसहित मैदानमा उत्रने नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेमजोङले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्