१७ असोज, काठमाडौं । युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड अल्कामारसँग गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार राति अल्कामारको मैदानमा भएको खेलमा इंग्लिस क्लब युनाइटेडले निक्कै निराशजनक खेल पस्केको हो ।
प्रिमियर लिगमा पछिल्लो ३० वर्षयताकै खराब नतिजा आत्मसाथ गरेको म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि गोल भने गर्न सकेन ।
बराबरीसँगै समूह ‘एल’ मा युनाइटेड ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अल्कामार २ अंकसहित तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्