१६ असोज, काठमाडौं । वर्षा बाधक बन्दा नेपाल र सिंगापुरबीचको टी-२० क्रिकेट खेल रद्द भएको छ । इन्डियन एसोसियसन मैदान सिंगापुरमा हुने भनेको खेल लगातारको वर्षासंगै टस हुन नपाई रद्द भएको हो ।
योसँगै त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा नेपाल र सिंगापुरले १/१ अंक बाँड्न बाध्य भएको छ । जसले गर्दा नेपालको प्रतियोगिता जित्ने सम्भावना समाप्त भएको हो ।
बुधबारको खेलमा नेपालले सिंगापुरलाई पराजित गर्न सकेको भए शीर्ष स्थानमा पुग्ने सम्भावना रहन्थ्यो, तर वर्षाका कारण खेल हुन सकेन।
हालसम्म ४ खेल खेलेको नेपालले १ खेलमा मात्र जित हात पार्दा दुई खेल गुमाएको नेपालले दोस्रो स्थानमा चित्त बुजायो ।
प्रतियोगिताको अन्तिम खेलमा आज जिम्बाबेले आयोजक सिंगापुरको सामना गर्दैछ । आजको खेलमा जित हात पार्ने टोली नै शृंखलाको विजेता बन्नेछ।
प्रतिक्रिया दिनुहोस्