१५ असोज, काठमाडौं । सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म संयुक्त राज्य अमेरिकाले आनलाइनमार्फत आवेदन खुलेको हो ।
डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सुचना जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क भने लाग्ने छैन।
यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।
प्रतिक्रिया दिनुहोस्