१५ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले क्रोएसियन क्लब डाइनामो जाग्रिवलाई २–० गोलले पराजित गरेको हो ।
घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउने क्रममा रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको सिटीले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ६६ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
खेलको अतिरिक्त समयमा फोडेनले गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्