Logo

धादिङमा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते



Spread the love

११ असोज, धादिङ । सडक निर्माणको काममा गईरहेको मजदूर बोकेको ट्याक्टर दुर्घटना हुँदा शनिबार ११ जना मजदुर घाइते भएका छन् ।

धादिङबेसी सल्यानटार सडक नव कान्तिपुर कन्स्ट्रक्सन निर्माणको काम गरिरहेका मजदुर बोकेको ना ६ त २७८० नं को ट्याक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीव्र गतिमा गुडेको ट्याक्टर अनियन्त्रित भइ पल्टिएपछि मजदूर सबै घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्