११ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भिल्ला रियलले रियल बेटिसमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा भिल्ला रियलले रियल बेटिसलाई ५–१ गोलले पराजित गरेको हो ।
भिल्ला रियललाई दित दिलाउने क्रममा ३९औं र ७६औं मिनेटमा कार्ल टोको एकाम्बीले दुई गोल गरेका थिए । सान्ति काजोरलाले ६८औं, जेरार्ड मोरेनो र सामुएल चुक्वुएजेले इन्जुरी समयमा एक एक गोल गरेका थिए । ४८औं मिनेटमा रियल बेटिसका लागि इमरसनले सान्त्वना गोल फर्काए।
जितसँगै सात खेलबाट ११ अंक बटुलेको भिल्ला रियल पाँचौ स्थानमा उक्लिएको छ भने नवौं स्थानमा रहेको रियल बेटिसको ८ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्