१० असोज, काठमाडौं । बंगलादेशमा जारी साफ यू–१८ फुटबल च्याम्पियनिसपको फाइनलमा पुग्न सफल भएको छ । बंगलादेशले भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
हलचोकस्थित एपीएफको मैदानमा पहिलो हाफको दोस्रो मिनेटमा कप्तान यासिन आराफातले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मोहम्मद फाहिमले गोल गर्दै बंगलादेशको अग्रतालाई दोब्बर पारे। मोहम्मद मराजले ३२ औं मिनेटमा गोल गर्दै बंगलादेशको अग्रतालाई कायमै राखे ।
खेल सकिन केही मिनेट बाँकी रहँदा बंगलादेशका दिपकले डी बक्स बाहिरबाट गोल गर्दै ४–० को फराकिलो जित दिलाए । आज नै सेमिफाइनलमा भारत र माल्दिभ्स आमने सामने हुँदैछ । यो खेलको विजेताले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्