१० असोज, काठमाडौं । आजदेखि राष्ट्र बैंकले नयाँ नोट साट्न थालेको छ। राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २४ ठाउँबाट नयाँ नोट सटही हुनेछ। काठमाडौं उपत्यकाबाहिर भने बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा लगायतका ठाउँहरुबाट नयाँ नोट सटही हुँदैछ ।
प्रतिव्यक्ति १८ हजार मध्य ५ सय अर्थात अधिकतम ५, १०, २०, ५० र १ सयका एक/एक गड्डी नयाँ नोट एक व्यक्तिले पाउने छन् ।
काठमाडौंमा नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औधोगिक क्षेत्र, लाजिम्पाट, सिंहदरवार प्लाजा, सिंहदरवार परिसर, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट सटही सुविधा हुनेछ। त्यस्तै, कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट सजिलै पाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्