१० असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा रियल सोसियडाड उक्लिएको छ । बिहीबार राति भएको खेलमा सोसियडाडले डिर्पोटिभो अलाभेसलाई ३–० गोलले पराजित गरेको हो ।
सोसियडाडको जितमा माइकल ओयरर्जाबलले १९औं मिनेटमा र ४१औं मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल गरेका थिए । यसअघि ३१औं मिनेटमा विलियन जोसले एक गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टोलीले गोलगर्न नसक्दा सोसियडाड ३ – ० ले विजयी भयो । ८५औं मिनेटमा मनु गार्सिया दोहोरो पहेंलो (रातो) कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
जितसँगै सोसियडाडले ६ खेलबाट १३ अंक बनाएको छ । पाँच अंक बनाएको अलाभेस १७औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्