Logo

स्पेनिस ला लिगामा सेभिल्लामाथि इवारको पुनरागमन जित



Spread the love

१० असोज, काठमाडौं । इवारले स्पेनिस ला लिगामा सेभिल्लामाथि पुनरागमन जित हात पारेको छ । घरेलु टोली इवारले सेभिल्लामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

इवारका लागि फावियन ओरेलाना, पेड्रो लियोन र जोसे एन्जलले गोल गरे । सेभिल्लाका लुकास ओकाम्पस र ओलिभर टोेरेसले गोल गरे । खेलको ११औं मिनेटमा लुकासले गोल गर्दै सेभिल्लालाई खेलमा अग्रता दिलाए । ३३औं मिनेटमा ओलिभरले गोल गरेपश्चात इवारविरुद्ध सेभिल्लाले पहिलो हाफमा २–० को अग्रता बनायो ।

६६औं मिनेटमा फावियनले पेनाल्टीमार्फत गोल गर्दै इवारलाई खेलमा फर्काउने संकेत देखाए । पेड्रोले ७७औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

जोसेले ८२औं मिनेटमा गोल गर्दै इवारलाई ३–२ को रोमाञ्चक जित दिलाए । जितसँगै इवार ६ खेलबाट ५ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ भने सेभिल्ला १० अंकसहित सातौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्