१० असोज, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लगातार दोस्रो पराजय व्यहोरेको छ । मिलान घरेलु टोली टोरिनोसँग २–१ ले पराजित भएको हो । यसअघि मिलान इन्टर मिलानसँग २–० ले तथा उडिनेसीसँग १–० ले पराजित भएको थियो ।
टोरिनोको मैदानमा मिलानले सुरुवाती अग्रता जोगाउन नसक्दा हार भोग्नु पर्यो। क्रिजिस्टफ पियाटिकले १८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए ।
खेलको ७३औं मिनेटमा एन्ड्रिया बेलोटीले बराबरी गोल फर्काए । ७६औं मिनेटमा बेलोटीले गोल गर्दै टोरिनोलाई २–१ को अग्रता दिलाएका थिए । त्यसपश्चात थप गोल हुन नसक्दा टोरिनो विजयी भयो ।
जितसँगै टोरिनो ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लदा मिलान ५ खेलबाट ६ अंक जोडेर १३औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्