Logo

ईएफएल कपमा डोन्सलाई पराजित गर्दै लिभरपुल चौथो चरणमा



Spread the love

९ असोज, काठमाडौं । इङ्लिस प्रिमियर लिगको बलियो टोली लिभरपुल इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एमके डोन्सलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले चौथो चरणमा स्थान बनाएको हो ।

लिभरपुलको जितमा जेम्स मिल्नर र कि जना होएभरले एक–एक गोल गरे । एमकेको मैदानमा भएको खेलको ४१ औँ मिनेटमा मिल्नरले गोलगर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६९ औँ मिनेटमा होएभरले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

अब लिभरपुलले चौंथो चरणमा आर्सनलसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्