Logo

फिफा उत्कृष्ट वर्ष खेलाडी अवार्ड आज, उपाधि होडमा मेस्सी, रोनाल्डो र भान डाइक



Spread the love

६ असोज, काठमाडौं । विश्व फुटबल महासंघले सन् २०१९ को फिफा उत्कृष्ट वर्ष खेलाडी अवार्ड आज राति इटालीको मिलानमा गर्दैछ ।

फिफाले यसअघिनै अवार्डका लागि तीन जना खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ । जसमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भान डाइक परेका छन् ।

यसअघि नै यूईएफएको उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा यी तीनै खेलाडी परेका थिए । उक्त अवार्ड भने भाइ डाइकले हात पारेका थिए । फिफा डट कम मार्फत् विश्वभरका फुटबल समर्थकको मतदानका आधारमा फिफाले उत्कृष्ट वर्ष खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्दछ ।

फिफाले यसअघि नै खेलाडीसँगै अन्य विधाको अवार्डका लागि पनि अन्तिम तीनको मनोनयन सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्