Logo

ला लिगामा: बेन्जिमाको निर्णायक गोलमा रियालको संघर्षपूर्ण जित



Spread the love

६ असोज, काठमाडौं । स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सेभिल्लालाई पराजित गरेको छ । रियालले सेभिल्लालाई १–० ले हराएको हो ।

सेभिल्लाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा ६४औं मिनेटमा ड्यानियल कार्भाहलको पासमा बेन्जिमाले गोल गर्दै रियाललाई खेलमा अग्रता दिलाए । ८८औं मिनेटमा जेभियर हर्नान्डेजले बराबरीको गोलको मौका खेर फाल्दा रियाल १–० ले विजयी भयो ।

जितसँगै रियाल अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने सेभिल्ला १० अंकसहित पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्