६ असोज, काठमाडौं । जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले फ्रन्कफर्टसँग बराबरी खेलेको छ । फ्रन्कफर्टको घरेलु मैदानमा आइतबार राति भएको खेलमा डर्टमन्ड २–२ गोलको बराबरीमा रोकिएको हो ।
डर्टमन्डका लागि एक्सेल विस्टेल र जाडोन सान्चोले गोल गरेका थिए । घरेलु टोलीका आन्द्र सिल्भाले गोल गर्दा एक गोल भने उपहार पाएको थियो । खेलको ११औं मिनेटमा थोर्गन हजार्डको पासमा विस्टले गोल गर्दै डर्टमन्डले सुरुवाती अग्रता दिलाएको थियो । आन्द्रे सिल्भाले ४३औं मिनेटमा बराबरी गोल फर्काए ।
जाडोन सान्चोले ६६औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई पुन: २–१ को अग्रता दिलाएका थिए । तर, ८८औं मिनेटमा थोमस डिलानेले आत्मघाती गोल गरेसंगै डर्टमन्ड अंक बाड्न बाध्य भयो । यो बराबरीसँगैसंगै डर्टमन्डले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
प्रतिक्रिया दिनुहोस्