Logo

यू १६ छनोट: अन्तिम खेलमा नेपाली युवा टोली विजयी



Spread the love

६ असोज, काठमाडौं । जारी एएफसी यू १६ च्याम्पियनसि छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाली टोली विजयी भएको छ । आइतबार भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको हो ।

मोहित गुरुङले ३६ औं मिनेटमा गरेको गोलबाट नेपालले अग्रता लियो । ६४ औं मिनेटमा अनिल चौलागाईले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारे । खेल सकिन एक मिनेट बाँकी रहँदा जान ताम्लीले गोल गर्दै टोलीको अग्रतालाई थप गरे ।

नेपालले २ खेलमा हार, १ मा जित र १ मा बराबरी गर्दै छनोटको यात्रा टुंगाएको छ ।

प्रतिक्रिया दिनुहोस्